फागुन १ गते २०७६

ताजा समाचार

फागुन १ गते २०७६

कुवेतमा ढिस्कोले पुरिएर ४ नेपालीको मृत्यु

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ ।

कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको हो । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ ।

चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीले जनाएका छन् । ३ जनाको घटनास्थलमै र एक जनाको बाहिर निकालेपछि मृत्यु भएको अरब टाइम्सले जनाएको छ ।