एनआरटीलाई हराउदै थ्रीस्टार तेस्रो स्थानमा

सहिद स्मारक ए डिभिजन लिग मा थ्रीस्टार क्लबले एनआरटीलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा मगंलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार तेस्रोे स्थानमा पुगेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थ्रीस्टारले दोस्रो हाफको ७७ औं मिनेटमा दिपेशले गरेको गोल नै थ्रीस्टारका लागि निर्णायक बन्यो ।

१२ खेल मध्ये ७ खेलमा जित २ मा बराबरी र ३ खेलमा हार भोगेको थ्रीस्टारको २३ अंकसहित तेस्रो स्थनमा छ भने समान ५ खेलमा जित र हार भोगको एनआरटी २ खेलमा बराबरी गर्दै १५ अंकमा आठौ स्थानमा छ।