अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा आउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा भारत भ्रमणमा आउने भएका छन्।

ट्रम्पले २४ र २५ तारिखसम्म भारतको भ्रमण गर्ने कार्यतालिका तय भएको अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

ट्रम्पसँगै उनकी श्रीमती मलेनिया ट्रम्प पनि भारत आउने छन्। भ्रमण गर्ने विषयमा ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा वार्ता समेत भएको अमेरिकाले जनाएको छ ।

भारत भ्रमणका क्रममा ट्रम्प र मोदीले हवाई क्षेत्रको विषयमा महत्वपूर्ण सम्झौता गर्नेछन्।