चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१३ पुगेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३७ हजार २ सय ५१ पुगेको सीएनएनले उल्लेख गरेको छ ।
बुहान र त्यस वरपरको प्रान्तमा भाइरसका कारण मृत्यु हुनेको संख्या बढेको छ । चीन बाहेक अन्य देशमा हालसम्म दुईजनाको मृत्यु भएको छ ।
कोरोनाको संक्रमण २५ भन्दा बढी देशमा फैलिसकेको छ ।शनिबार मात्र चीनमा कोरोना भाइरसबाट ८९ जनाको मृत्यु भएको थियो।




