अमेरिकी सैनिकमाथि आक्रमण हुदाँ २ सैनिक मारिए

अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमाथि आक्रमण हुदाँ २ शैनिक मारिएका छन भने आक्रमणमा ६ सैनिक घाइते भएका छन्।

शनिबार अफगानिस्तानको नानगरहर प्रान्तमा अमेरिकी र अफगानी सैनिकबीचको संयुक्त अपरेशनका क्रममा आक्रमण भएको थियो ।

अफगानिस्तानका लागि अमेरिकी सैनिक प्रवक्ता कर्नेल सोन्नी लेग्गेटका अनुसार एक व्यक्तिले अफगानी लुगा लगाएर ुमेसिन(गनुले अमेरिकी सैनिकमाथि गोलीबारी गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र आक्रमणको कारण पत्ता नलागेको प्रवक्ता लेग्गेटले बताएका छन् ।