चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार भाइरसबाट अहिलेसम्म २४, ३२४ जना संक्रमित भइसकेका छन् ।
बुधबार विहान १ जनाको हङकङमा मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । हुबई प्रान्तमा ६५ जनाको ज्यान गएको छ ।
त्यसैगरी, ८९२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये १२५ जना हुबई अस्पतालबाट डिस्चार्ज भएका थिए । चीनको वुहानमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।




