उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्ति आफ्नी श्रीमतीको काटिएको टाउको लिएर पूरा शहर घुमेपछि पुलिस थाना पुगेको भारतीय संचार माध्यमले बताएका छन् ।
गोबिन्दले भने, ‘ज्वाईंले सुनको सिक्री पाएका थिएनन् त्यसकारण उनी रिसाएका थिए । उनी पटक पटक सुनको सिक्री माग गरिरहेका थिए । तर जब उनले सुनको सिक्री पाएनन् तब छोरीको घाँटी नै काटिदिए ।’
उनका ज्वाईं कुनै तान्त्रिकको चक्करमा भएको पनि गोविन्दले आरोप लगाएका छन् । छोरीलाई थुप्रै पटक तान्त्रिक भएठाउँ पुर्याइएको पनि उनले जानकारी दिए ।
उनले भने, ‘यो घटनामा सबैको मिलेमतो छ । यहाँ सम्म कि छिमेकी पनि यो घटनामा संलग्न छन् । त्यसैले त आज सबैजना ताल्चा ठोकेर फारार भएका छन् । ’एजेन्सी




