
१३५ जना इरानी यात्रुबाहक विमान रनवेबाट चिप्लिएको सडकमा पुगेको छ । तर, विमानमा सवार सबै सकुशल भएको सीएनएनले जनाएको छ ।
इारनी सहर महशहार सरहमा क्यासपियन एयरलाइन्सको विमान रनवेबाट चिप्लिएर बीच सडकमा पुगेको हो । विमानमा पनि खासै क्षति भएको छैन ।
यात्रुहरु एकलेअर्कोलाई प्लेनबाट बाहिर निस्किन सहयोग गरिरहेका तस्बिर तथा भिडियोहरुमा देख्न सकिन्छ ।
विमान चिप्लिने बित्तिकै आपतकालिन उद्धारकर्ताहरु त्यहाँ पुगेका थिए । त्यसैगरी दमकलले प्लेन इन्जिनलाई आगजनीबाट जोगाउन पानीको फोहोरा हानेको थियो ।
क्यासपियन एयरलाइन्सको ६९३६ कलसाइनको विमान सोमबार बिहान तेहरानबाट माहशहरका लागि उडेको थियो । यसको विषयमा थप अनुसन्धान भइरहेको छ ।-सीएनएन




