नेपालको सन्दर्भमा ग्याष्टिक साझा रोगको रुपमा चिनिन्छ । अहिलेको समयमा प्राय मानिसहरु अनियमित खानपान तथा विविध कारणले ग्याष्टिकबाट ग्रसित छन् । पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमित रुपमा नहुने समस्यालाई ग्याष्टिक भनेर बुझिन्छ ।
अनियमित खानपान, अत्याधिक चिल्लो, मसलेदार खाना, लामो समयसम्म पेट खाली हुने, पानी कम पिउनाले, उत्पन्न हुन्छ । बढी मोटो व्यक्तिमा पनि ग्याष्टिक देखिन सक्छ । त्यस्तै मानसिक चिन्ता लिने व्यक्तिलाई पनि ग्याष्टिक बढी मात्रामा देखिन्छ ।धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जान पनि सक्छ ।
ग्याष्टिक भएको व्यक्तिले खानपानलाई व्यवस्थित गर्नु पर्ने हुन्छ । खानामा धेरै मसला भएको, चिल्लो, पिरो, अमिलो कम मात्रामा खाने गर्नुपर्छ । खाना खाने समय नियमित गर्नु पर्छ । धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने गरेमा ग्याष्टिक कम गर्न सकिन्छ । घरेलु उपचारले मात्रै ठिक भएन भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।
ग्याष्टिकबाट बच्ने उपायहरु :
१. माछा–मासु, अण्डा, चिया, कफी, लगायत चिसो पेयर चिनी, मैदाबाट बनेका परिकारहरू नखाने ।
२.फलफूल, हरिया सागपात, चोकर समेतको गहँको रोटी, च्याँख्ला आदि क्षार प्रधान खान खानुपर्दछ ।
३.खानाको तुरुन्त अघिपछि पानी पिउनु हुँदैन, अरुबेला प्रशस्त पिउनुपर्छ ।
४. खानामा हतार नगरी राम्ररी चपाएर खानुपर्दछ ।
५. नियमित व्यायाम तथा अराम गर्नुपर्छ ।
६. मानसिक चिन्ता कम गर्ने र मनलाई प्रसन्न राख्नुपर्छ ।
७. धुम्रपान गर्नु हुदैन् ।




