साउदी सैनिकलाई देश निकाला गर्ने

साउदी सैनिकलाई अमेरिकाले देश निकाला गर्ने

अमेरिकाले फ्लोरिडाको पेन्साकोलास्थित नेभल एयर स्टेसनमा भएको गोलीकाण्डमा संलग्‍न भएको भन्दै दर्जन बढी साउदी सैनिकलाई देश निकाला गर्ने भएको छ ।

अमेरिकी सैन्य प्रतिष्ठानमा तालिम लिइरहेका दर्जन बढी साउदी सैनिकलाई देश निकाला गर्ने प्रतिष्ठानले जनाएको छ ।

साउदी अरेबियन मिलिटरीका सेकेन्ड लेफ्टिनेन्टले चलाएको गोली लागेर तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए ।

सोही घटनामा गोली चलाउने व्यक्तिलाई सघाएको भन्दै र कट्टरपन्थी अभियानमा संलग्‍न रहेको पाइएपछि उनीहरुलाई देश निकाला गर्न लागिएको स्रोतले जनाएको छ ।