१२२ चिनियाँ नागरिकलाई लिन २ विमान नेपाल आउँदै

पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिंदै छ

काठमाडौंको विभिन्न ठाँउबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई चीनबाट आउने दूई वटा विमान मार्फत चिन पठाउन लागेको हो । चिनियाँ दूतावासले उनीहरुलाई चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ ।

प्रकाउ परेका १२२ जना चिनियाँलाई लिन चीन सरकारले बुधबार अपरान्ह दुईओटा विमान नेपाल पठाउने भएको हो । चाइना साउदर्न र चाइना इस्टर्नका दुईओटा विमान बुधबार अपराह्न काठमाडौं आउने र ती विमानबाट उनीहरुलाई साँझ चीन लगिने तयारी गरिएको हो ।

दुई साताअघि पक्राउ परेका उनीहरुलाई अध्यागमन विभागले नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै चिनियाँ दूतावाससँगको समन्वयमा स्वदेश फर्काउन लागेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले यही पुस ७ गते काठमाडौं विभिन्न स्थानमा छापा मार्दा उनिहरु पक्राउ परेका थिए ।