आक्रमणमा ८० अमेरिकी मारिएको इरानको दाबी

इरानले रकेट आक्रमणबाट ८० अमेरिकी सैनिक मारिएको दावी गरेको छ ।

बुधवार विहान इरानले इराकस्थित अमेरिकी सेनाको बेश क्याम्पमा गरेको मिसाइल आक्रमणमा परी ८० अमेरिकी सैनिक मृत्यु भएको इरानले आफ्नो सञ्चारमाध्यमबाट दावी गरेको छ ।

अमेरिकी सेनाले इरानका सैन्य जनरल कासिम सुलेमानीको ड्रोन आक्रमणबाट हत्या गरेपछि त्यसको बदला बुधवार विहान इराकमा रहेका दुई अमेरिकी सेनाको हवाई अड्डामा इरानले १३ रकेट आक्रमण गरेको थियो ।

अमेरिकाले आक्रमण भएको स्वीकार गरेपनि सैनिक मारिएको बिषयमा भने केही बोलेको छैन ।