नेपाल पत्रकार महांसंघ कास्कीकी उपाध्यक्ष बिमला भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । योसंगै उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
उनी केही दिनदेखि बिरामी भइ काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचाररत थिइन् । उनको स्वास्थ्यमा युटिआइको समस्या देखिएको बताइन्छ ।
उनलाई केही दिन अझै आराम गर्न चिकित्सकले सुझाएको पारिवारिक स्रोतले जनाएको छ । भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समिति सदस्य, रेडियो जननीका स्टेशन म्यानेजर समेत हुन् ।

बिरामी भण्डारीलाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, कास्की तथा केन्द्रका पत्रकार, आफन्त, शुभचिन्तकहरू अस्पतालमै पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए ।
साथै धेरै शुभचिन्तकले सामाजिक सञ्जालमार्फत पनि उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।





