नेतृ प्रभाश्रीको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त

कास्कीकी महिला नेतृ प्रभाश्री गुरुङको निधनप्रति काँग्रेसले दुःख व्यक्त गरेको छ । कास्की काँग्रेस र क्षेत्रीय समिति क्षेत्र नं १ ले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

कास्की काँग्रेसका सभापति कृष्ण केसी र क्षेत्रीय सभापति बिर्जमान गुरुङले विज्ञप्तिमार्फत् उनको निधनले पार्टीका अपूरणीय क्षति पुगेको जनाएका छन् ।

विज्ञप्तिमा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ । केही समय अघिदेखि निमोनियाबाट पीडित गुरुङको काठमाण्डौंस्थित टोखा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

उनको शुक्रबार तुल्सस्घाट तमु प्लेहु संघ नजिकै बोन धर्म संस्कृति अनुसार अन्त्यष्टि गरिएको छ । उनको पार्थिव शरीरमा काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, कास्की जिल्ला सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, क्षेत्र नं १ का सभापति बिर्जमान गुरुङ लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।

पोखरा पाटनवेशी टावर निवासी नेतृ गुरुङको काठमाडौंमा निधन भएको थियो । उनी स्थानीय निर्वाचन २०७४ मा मादी गाउँपालिकाको उपप्रमुख पदका उम्मेदवार हुन् ।

मादी गाउँपालिका–२, घ्याम्रङ घर भएकी नेतृ गुरुङ नेपाली कांग्रेसकी सक्रिय नेतृ थिइन् । कांग्रेसकी नेतृ गुरुङ कलाकार पनि हुन् । उनले विभिन्न फिल्महरूमा समेत अभिनय गरेकी थिइन् ।

केही समयदेखि बिरामी नेतृ गुरुङको उपचारको क्रममा बिहीबार काठमाडौंमा निधन भएको थियो।

नेतृ गुरुङको निधनप्रति कांग्रेसका नेताहरू जीवन परियार, लक्ष्मी पाण्डे, सरस्वती गुरुङ, भानु ढकाल, प्रकाश खनाल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर लगायतका नेताहरूले पनि विभिन्न माध्यमबाट दुःख व्यक्त गरेका छन् ।

Image may contain: one or more people, crowd and outdoor