सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पौष १० गते पोखरामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका समस्या, सवाल तथा समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वर्तमान समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले समाना गर्दै आईरहेका विभिन्न विभेद तथा अपहेलना लगायतका चुनौतीहरुका विषयमा वृहत छलफल एवं अन्तरक्रिया गरी त्यस्ता विभेदजन्य गतिविधिहरु विरुद्ध ठोस कदम चाल्न गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लामा रहेका लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको संगठन नौलो विहानी नेपालका अध्यक्ष विन्दिया गौतमले लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका विविध विषय समेटिएको प्रस्तुतीकरण गरेकी थिइन् ।
साथै उक्त कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले आफूहरुले समाजमा भोग्नु परेका विविध वाधा व्यवधानहरु, राज्यले नै सुनिश्चित गरेका हक अधिकार प्राप्तीका क्रममा खेप्नु परेका अफ्ठ्याराहरु लगायतका विषयमा आ(आफ्नो अनुभव साझा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री माननीय नरदेवी पुन मगरले लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न उद्धमशिल तालिमहरु प्रदान गर्दै उनिहरुलाई आत्मनिर्भर बनाई समाजमा स्थापित गर्न प्रदेश सरकार लागि परेको बताताइन् ।
कार्यक्रममा प्रहरीसंग सम्बन्धीत जिज्ञाशाहरुलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले राज्यबाट संविधानमा नै संरक्षित समानताको हक स्थापना गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताउँदै प्रहरीबाट कसैप्रति पनि भेदभावजन्य व्यवहार प्रस्तुत नहुने कुरा स्पष्ट पापारेका थिए ।
साथै लैंगिक तथा यौनिक अल्पसंख्यकहरु भएकै कारण न्याय नपाएको अनुभुती भए तत्कालै प्रहरीको सम्पर्कमा आउन आग्रह गर्दै कानूनले वर्जित गरेको विषयमा भने कसैलाई पनि छुट नहुने कुरा उनले स्पष्ट पारे ।
लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको माथी भएको विभेदकारी मानसिकता अन्त्त्यका लागि नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय(प्रहरी साझेदारीका माध्यमबाट सचेतना फेलाउने अभियानमा सहकार्य गर्न समेत उनले आह्वान गरेका छन् ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्मा, संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, पत्राकार लगायतको उपस्थिति रहेको थियो ।




