पोखरा प्रिमियर लिग (पीपीएल)मा आज बिहिबार बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ । ईलिमिनेटर राउण्डमा दुवै टोली भिड्न लागेका हुन् ।
पोखरा रंगशालामा हुने खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ । खेल सञ्चाललनका लागि मौसम बाधक हुने देखिएको छ । पूरै हुस्सु र तुषारो लागेका कारण पोखरामा आँध्यारो भएकोछ ।
विजेता टिम फाईनल प्रवेश गर्नेछ । र उपाधिका लागि शनिबार चितवन राईनोजसंग प्रतिस्पर्धा गर्नेछ ।
लिग चरणको अन्तिम खेलमा बुटवललाई हराउँदै विराटनगर तेस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा प्रवेश गरेको हो ।
बुटवल लिग चरणको एक खेल अघिनै दोस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा छनोट भईसकेको थियो ।
तेस्रो स्थानमा रहँदै विराटनगर छनोट हुँदा नेट रनरेटका आधारमा काठमाडौं गोल्डेन प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
लिग चरणमा प्रदीप ऐरी नेतृत्वको विराटनगरले पोखरा पल्टन र बुटवललाई पराजित गर्न सफल रह्यो । सोमपाल कामी नेतृत्वको बुटवलले चितवन र विराटनगरसंगको खेलमात्र गुमायो ।




