प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेश पोखरामा सञ्चालन भईरहेको अपराध अनुसन्धान (जुनीयर प्रहरी अधिकृत) तालिम ०७-०१औं समूहका प्रशिक्षार्थीहरुसंग अपराध अनुसन्धानसंग सम्बन्धित विविध विषयमा आज छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अपराध अनुसन्धानका क्रममा कार्य क्षेत्रमा आईपर्ने विविध प्रकृयागत चुनौती तथा कानुनी जटिलताहरुका वियषमा छलफल तथा अन्तरक्रिया गरि यस विषयमा एक ठोस अवधारणाको विकास गर्न साथै प्रहरी सेवा प्रवाहमा सरलता एवम् सहजता ल्याउन उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुले अपराध अनुसन्धान तथा अभियोजनका विषयमा राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै कास्की जिल्ला अदालतका माननीय जिल्ला न्यायधिस तेजेन्द्र प्रसाद शर्मा र जिल्ला न्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले मुलुकी अपराध तथा मुलुकी फौजदारी कार्यविधि संहिता र यसको कार्यन्वयन, साथै सरकारी वकिल कार्यालय र प्रहरी कार्यालय विचको समन्वय विषयमा प्रष्ट पारेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले विभिन्न कानुनी तथा प्रक्रियागत चुनौतीहरुका बाबजुत पनी हालसम्म नेपाल प्रहरीले सफल अनुसन्धान गरिरहेको कुरा बताउँदै दण्ड हिनताका लागि समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी र न्यायलय संगसंगै जनता समिपमा पुगी कानुनी सचेतना फैलाउन आवश्यक रहेको बताएका छन्।
साथै अनुसन्धान पद्धतिलाई सफल र समयानुकुल बनाउन प्रहरीलाई अधिकारको सुनिश्चितता, आवश्यक श्रोत साधनको पर्याप्तता र न्याय व्यवस्थालाई आधुनिकिकरण गर्नुपर्नेमा समेत उनले जोड दिएका हुन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनि लगायत अन्य सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु र तालिममा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुबाट ३० जना जुनियर प्रहरी अधिकृतहरुको सहभागीता रहेको थियो ।




