यसवर्षको लेखनाथ पत्रकारिता पुरस्कराबाट पत्रकार वासुदेव पौडेललाई प्रदान गरिने भएको छ । पत्रकार पौडेल एक दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । उनी हाल राष्ट्रिय समाचार समितिमा कार्यरत छन् ।
पुरस्कारको राशि नगद रु ११ हजार १११ , सम्मानपत्र र दोसल्ला छ । कविशिरोमणि लेखनाथ पौडेलको १३६ औं जन्मजयन्तीका अवसरमा पुस १५ गते पुरस्कार प्रदान गरिने लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भिमपाणि बरालले जानकारी दिए ।
लेखनाथ पत्रकार मञ्चको बुधवार बसेको बैठकले पत्रकार पौडेललाई उक्त पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।
मञ्चले प्रतिभा छनौटका लागि लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा महानगरपालिकाका कानूनी अधिकृत राममणि अधिकारी, मञ्चका सल्लाहकार भरतराज तिवारी र मञ्चका अध्यक्ष भिमपाणि बराल र सचिव विष्णुहरि पौडेल रहेको समिति गठन गरेको थियो ।
यसअघि उक्त पुरस्कारवाट पत्रकार मेघराज आचार्य, पत्रकार रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी सम्मानित भईसकेका छन् ।




