प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार ४ सय ४३ जना प्रहरी निरीक्षकहरूको एकैपटक सरुवा गरेको छ ।
सरुवा भएका प्रहरी अधिकृतहरुलाई पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले सोमबार एक सूचना जारी गरी जनाएको छ । कार्यालयले राष्ट्रिय किताबखाना (प्रहरी) लाई अभिलेखमा आवश्यक व्यहोरा मिलाउन अनुरोध गरेको छ ।
सरुवा भएकामध्ये जिल्ला प्रहरी कार्यालय कास्कीमा चोनु गुरुङ आउने भएका छन् । उनी यसअघि काडमाडौं प्रहरी कार्यालयमा कार्यरत थिए ।
यसैगरी पर्यटन प्रहरी कार्यालय बैदाममा सिन्धुपलान्चोकबाट सरुवा भई गणेश खनाल, वडा प्रहरी कार्यालय बदाममा म्याग्दीबाट सरुवा भई ध्रवप्रसाद शर्मा आउने भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयमा ह्म्लाबाट सरुवा भई राजेन्द्रबहादुर केसी, वडा प्रहरी कार्यालय रामबजारमा काठमाडौंमा कार्यरत प्रकाश थापा, बगरमा काठमाडौंबाटै मुक्तिनाथ सापकोटा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सन्न्तोष रोका आउने भएका छन् ।
यसैगरी गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा लोकबहादुर जिसी र गुल्म नं. १ मा मुरारी मिश्र आउने भएका छन् ।
कसको सरुवा कहाँ भयो, यो सूची हेर्नुहोस्






