नेपाल फोटो पत्रकार संघ कास्कीको छैटौ अधिवेशनले प्रदिप पौडेललाई अध्यक्षमा चयन गरेको छ । अध्यक्षमा निर्वाचित पौडेल नेपाल प्रेस युनियन कास्कीका सचिव समेत हुन् । उनी इमेज च्यानल, रेडियो बाराहीमा कार्यरत छन् ।
संघको उपाध्यक्षमा नारायण प्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ (सुरज) चयन भएका छन् ।
कार्यसमिति सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भएका छन् । अधिवेशनले सल्लाहकारमा निर्वतमान अध्यक्ष ईन्द्रप्रसाद पौडेललाई चयन गरेको बताइन्छ ।
फोटो पत्रकार संघ जनआन्दोलन २०६२/०६३ को क्रममा अप्ठ्यारो समयमा स्थापना भएको हो । आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट धरपकड भएपछि फोटो पत्रकार संगठित भएका थिए ।
फोटो पत्रकार संघले जनआन्दोलन पछि आन्दोलनको बृत चित्र, फोटो प्रदर्शनी गरेको थियो । फोटो पत्रकार संघमा घनश्याम पौडेल, कृष्णमणि बराल, ओम लामा र इन्द्रप्रसाद पौडेलले नेतृत्व गरिसकेका छन् ।
अधिवेशनमा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । कार्यक्रम अध्यक्ष ईन्द्रप्रसाल पौडेलको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथ्यता फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङ रहेका थिए ।





