मौसम परीवर्तनसँगै वातावरणीय तापक्रम पनि कम हुँदै जान्छ । जाडो बढेसँगै चिसो मौसममा छालामा बिभिन्न प्रकारका रोगहरु सुरु हुँदै जान्छ ।
जाडो मौसममा अनुहारमा पनि धेरै नै सुख्खा हुनेगर्छ । हामीले अनुहारमा केही पनि नलगाउने अर्थात नढाक्ने हुँदा सिधै यसको असर अनुहारको छालामा पर्न जान्छ । छाला सुख्खा हुने, छाला पत्रपत्र हुने, जस्ता समस्या हुने गरेको पाइन्छ ।
चिसोका कारण टाउकोमा चाँया आउने,औँला सुनिने, छाला रातो हुने साथै चिलाउने जस्ता समस्याहरु देखा पर्दछन् यस्ता समस्यालाई सुरुवात देखि नै ख्याल नराख्ने हो भने अन्य समस्या उत्पन्न हुन पनि सक्छ ।
चिसोमा अधिकांश मानिसहरु घाममा बस्न रुचाउने भएकाले कतिपयलाई छालामा घामको एलर्जी देखिने,सुख्खापनले चउरीपना, चाँया पोतो ल्याउने हुदा यस्का लागि आगोको ताप, हिटर ताप्ने भन्दा पनि न्यानो पञ्जा प्रयोग गर्ने गर्नु पर्छ।
चिसोबाट बच्न चिसो मौसममा छालाहरु सुख्खा साथै पत्रपत्र हुने भएकाले छालालाई नरम राख्नको लागि कडा, कडासाबुनहरु प्रयोग गर्नुहुदैन् ।
नुहाए पश्चात लुगा लगाउनु भन्दा अगाडि विषेश गरेर नरिवलको तेलको प्रयोग गर्दा अत्यन्तै राम्रो हुन्छ । जस्ले गर्दा छालाई नरम राख्न मद्दत गर्दछ ।
तोरीको तेल सकभर प्रयोग गर्नुहुदैन् । वातावरण परिवर्तन भएसँगै तोरीको तेलमा हुने एक प्रकारको तत्वले घामको एलर्जीसँगै अन्य छालाको समस्या हुने भएकाले तोरीको तेल प्रयोग नगरेकै राम्रो हुन्छ ।
जाडोमा छाला तुलनात्मक रूपमा बढी फुस्रो हुने भएकाले मोस्चराइजरयुक्त बडीलोशन लगाउनुपर्छ।जाडोमा पानी पनि कम पिउने गरिन्छ। सकेसम्म पानी धेरै पिउनुपर्छ। रसिलो फलफूल तथा झोलयुक्त खाना बढी खाने गर्नुपर्छ। यसले छालाको सुरक्षा गर्छ।
चिसोबाट बच्नको लागि तातो कपडा लगाउने, चिल ब्लेनबाट बच्नको लागि पञ्जा तथा मोजाको प्रयोग गर्नुको साथै हट वाटर व्यागले सेक्ने गर्नुपर्छ । चिसो पानीको प्रयोग भन्दा मन तातो पानीको प्रयोग गर्नाले पनि यसबाट बच्न सकिन्छ ।





