ताजा समाचार

कार्तिक १७ गते २०७६

कास्की-२ : राप्रपाबाट रोमबहादुर भण्डारी उम्मेदवार

कास्की-२ का लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले पार्टीका केन्द्रीय सदस्य समेत रहेका रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राप्रपाले मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको हो ।

आइतबार कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले रिक्त स्थानहरुमा उम्मेद्वारको तय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । भक्तपुर १ (क) को हकमा भने यथाशिघ्र उम्मेद्वारको टुंगो लगाइने भएको श्रेष्ठले जानकारी दिए ।