कास्की २ उपनिर्वाचनमा समाजवादीबाट धर्मराज गुरुङको नाम टुंगो लागेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कास्की २ बाट उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो ।
समाजवादी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङका अनुसार केन्द्रिय कमिटीले धर्मराजलाई उम्मेदवार बनाउँने फाइनल गरे पनि घोषणा गर्न भने बाँकी नै छ ।
प्रदेशबाट सिफारिस भएका ३ जना किरण थापा, रामबहादुर नेपाली र धर्मराज गुरुङमध्ये धर्मराजलाई समाजवादीले फाइनल गरेको छ ।
कास्की २ मा नेकपाबाट विद्या भट्टराई, साझा पार्टीबाट रजनी केसी फाइनल भई सकेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको भने उमेदवार टुंगो लगाउँन बाँकी नै छ ।





