मुक्तिनाथमा मानवीय सेवा अभियानद्वारा न्यानाे वितरण

मानवीय सेवा अभियान नेपालद्वारा मुक्तिनाथमा न्यानो कपडा वितरण गरिएको छ । जाडाेकाे अवसर पारेर पहाड तराई र हिमाल विच सद्भाव वाढ्ने उदेश्यले कपडा वितरण गरिएको हाे ।

पर्यटन प्रवर्द्धन तथा मानवीयता बढाउने उदेश्यले पाेखरादेखी म्याग्दी , मार्फा,जाेमसाेम र मुस्ताङकाे मुक्तिनाथ भ्रमण संगै कपडा वितरण गरिएको हाे । अभियानका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सुष्मा पाैडेलकाे नेतृत्वमा गएको २२ सदस्यीय टाेली मुक्तिनाथ देखि गलेश्वर सम्मकाे धार्मिक यात्रा तथा जाेमसाेम, मार्फा लेदे सहित म्यादीकाे तातोपानी पुगेर फर्किएको हाे

अभियन्ता पाैडेलले कपडा उपहार दिएर सहयोग गर्ने र लिने सबैलाई धन्यवाद दिदै याे अभियान निरन्तर रुपमा सञ्चालन हुने वताइन । पाेखरामा मानवीय सेवा केन्द्र मार्फत नया तथा पुराना कपडा संकलन गरि विभिन्न स्थानका लक्षित बर्गलाइ वितरण गरिएको छ ।

मुस्ताङकाे मुक्तिनाथ बसपार्कमा मजदुरहरुलाइ लक्षित गरि कपडा वितरण गरिएको हाे भने दशैका अवसरमा बर्दियामा वितरण गरिएको थियो । पाेखराका विभिन्न स्थानमा लक्षित वर्गकाे छनाैट गरि कपडा वितरण गरिएको छ ।

जाडोकाे अवसर पारेर कम्मल, शिरेक , ज्याकेट सुइटर लगायत न्यानो कपडा वितरण भैरहेको जानकारी दिदै उपाध्यक्ष मेघमान श्रेष्ठले सबैलाई सहयोग गर्न अाह्वान गरेका छन् ।