पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । उनी ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका हुन् । उनी नगद १५ हजार रुपैयाँसहित सम्मानित भएका हुन् ।

विन्ध्यवासिनी म्यूजिक तथा विन्ध्यवासिनी फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको विन्ध्यवासिनी म्यूजीक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक तथा सम्मान कार्यक्रममा श्रेष्ठलाई सम्मान गरियो ।

नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै यसको उत्थानमा गरेको सहयोगको कदर गरेको भन्दै श्रेष्ठलाई सम्मान गरिएको विन्ध्यवासिनी फाउण्डेसनले जनाएको छ ।

उनी पोखराको रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।