कप्तान मल्ललाई प्रधानमन्त्री ओलीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

शुक्रबार ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

मल्ललाई केही दिनअघि नेपाल क्रिकेट संघले नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो ।