चुनावमा एकतावद्ध हुन पूर्वमन्त्री अधिकारीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सह–इन्चार्ज एवम पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकिकरण पछि हुन लागेको पहिलो निर्वाचन सफल पार्न कार्यकर्ताहरु दृढ संकल्पका साथ लाग्न आग्रह गरेका छन् ।

शुक्रबार पोखरा महानगरपालिका – १७ मा पार्टी कमिटीद्धारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठुला कम्युष्निट पार्टी एक भई सकेपछि हुन लागेको यो पहिलो चुनावमा एकताको राम्रो सन्देश जानु पर्ने बताउदै कार्यकता र सिद्धान्तको आधारमा पार्टी एकता भएकोले एकताको औचित्यलाई अझैपुष्टि गर्नका लागि पनि चुनाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

विकास प्रेमी नेता रविन्द्र अधिकारी जनता माझ राम्रो भिजेको चर्चा गर्दै उनँले आसन्न निर्वाचनमा उनका अधुरा कामलाई पुरा गर्ने किसिमको जनप्रतिनिधि निर्वाचित हुने धारणा राखेका छन् । प्रतिनिधि सभाका सांसद समेत रहेका नेता अधिकारीले सरकारले सानातिना भन्दा पनि ठुला र दिर्घकाली प्रभाव पार्ने योजना अगाडि सारेको कारण काम देखिन समय लाग्ने उनँको भनाइ थियो ।

संगठन निर्माण र परिचालन बिषयमा प्रशिक्षण दिंदै पार्टी केन्द्रीय सदस्य एवम् कास्की जिल्ला सह–इन्चार्ज भिम कार्कीले कार्यकर्तालाई उत्पादनमा जोड दिंदै राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनतर्फ लाग्न आग्रह गरेका छन् ।

नेकपा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले पार्टीको वर्तमान कार्यदिशा र कार्यभार बिषयमा प्रशिक्षण दिएको कार्यक्रममा पार्टीका अध्यक्ष सुभाष ढुंङ्गाना तथा सचिव इश्वरी लम्सालले मंसीर १४ गते हुने उपनिर्वाचन लक्षित प्रशिक्षणको आयोजना गरिएको जानकारी दिएका थिए ।