नारी जागरणको तिहार अभियान

नारी जागरण अभियान पोखराले सरोकारवालालाई खवरदारी गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारमा हुने कालोवजारी अनियमितता र सामाजिक विकृति नियन्त्रणका लागि केन्द्रले यस्तो अभियान चलाएको हो ।

केन्द्रले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीलाई भेटेर तिहारका नामम हुने सब खाले सामाजिक विभेद, कालोवजारी र विकृतिलाई रोक्नका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

केन्द्रकी संयोजक अभियान्ता अञ्जु केसीले तिहारमा लक्ष्मीलाई घर भित्र पसाउने नाममा रातभरी र दिन भरी पनि रक्सी र जुवामा लाग्नेलाई नियन्त्रण गर्न आग्रह गरिन् ।

चाडपर्वलाई विकृतिरहित र मौलिकरुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले बेला बेलामा आवश्यक कार्यक्रम र जनचेतना संचालन गर्ने गरेको संयोजक केसीले बताइन् ।

सँगसँगै देउसी भैलोको नाममा हुने विकृति र अन्य खालका असामाजिक कृयाकलापवाट बच्न र समाजलाई बचाउन समेत उनको आग्रह थियो ।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय प्रमुख कार्कीले सधैं जनचासोका विषयमा चनाखो रहने धारणा राखे ।

उनले भने, ‘हामी समाज सहि तरिकाले चलोस् भन्ने चाहन्छौं । त्यसका लागि हामीले गर्नु पर्ने सबै कामको सक्रियतालाई क्रियाशिल राख्छौं ।’

नागरिकस्तरबाट सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएकोमा नारी जागरण अभियानलाई धन्यवाद दिदैं उनले पर्वलाई सामाजिक सद्भाव कायम गरेर विकृतिरहित बनाउनका लागि प्रशासन गम्भीर रहेको बताए ।