जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा राति ९ बजेपछि देउसी भैलो खेल्न प्रतिवन्ध लगाएको छ । अघिल्ला वर्षमा राति १० बजेसम्म देउसीभैलो खेल्न दिने गरिएको थियो ।
यसवर्ष भने समय घटाएर ९ बजेसम्म मात्र देउसी भैलो खेल्न भनिएको छ । त्यसपछि खेलेर कुनै घटना घटे कार्वाही हुने कास्की प्रशासनको चेतावनी छ । शान्ति सुरक्षाका हिसाबले यस्तो निर्णय लिइएको कास्की प्रशासनले जनाएको छ ।
‘राति ९ बजेसम्मका लागि कास्कीमा देउसी, भैलो खेल्न आव्हान गरिएको छ’, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भने ।
प्रजिअ केसीले भने, ‘प्रशासनिक हिसाबले हामीले राति १० बजेसम्मको लागि देउँसी, भैलो खेल्न आव्हान गरेका छौं । यद्यपि कसैले राति अबेरसम्म देउँसी भैलो खेलेर कुनै घटना घट्यो भने त्यस वेला हामीले उनीहरु उपर कार्वाही गर्न बाध्य हुन्छौंं ।’
पटाका पनि प्रतिवन्ध
तिहारमा कसैले पटका ओसारपोसार, बिक्री वितरण र पट्काएको भेटेमा सार्वजनिक मुद्धासम्म चलाउने भएको भएको छ ।
तिहार पर्वको अवसरमा कसैले अखाद्य पदार्थ विक्री वितरण गरेको र कुनै अखाद्य पदार्थ मिसावट गरेको भेटेमा उनीहरू उपर तत्काल कारवाही प्रक्रिया अघि बढाउने भएको बताए ।
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले दशैं जस्तै तिहारमा पनि प्रहरीको विषेश सुरक्षा फोर्स ठाउँ ठाउँमा खटिने हुँदा कानुनले बन्देज गरेका कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेका छन् ।
यदि कसैले यात्राको क्रममा बढी भाडा लिने गरेको भेटिएमा प्रहरीलाई तत्काल खबर गर्न पनि उनको आग्रह छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले भने ९ बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको छ ।







