नेकपाका कार्यकर्तालाई प्रशिक्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वडास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम पोखरा–१५ मा बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्य एवं कास्की सहईन्चार्ज चूडामणि जंगली र कास्की ईन्चार्ज राजकाजी गुरुङले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा उपनिर्वाचनका चुनावी एजेन्डा, पार्टी अनुशासन, गलत क्रियाकलाप विरुद्ध पार्टीले गर्ने कारवाही, विकास निर्माणमा पार्टीले खेलिरहेको भूमिका र आम सरोकारका विषयमा प्रशिक्षण दिईएको नेकपा वडा कमिटीका अध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए ।

उक्त अवसरमा नेकपा कास्की सचिव बखान सिंह तमु, पोखरा महानगर अध्यक्ष दिपक पौडेल, पोखरा– १५ का वडाध्यक्ष प्रकाश पौडेलको सहभागिता थियो ।

वडा कमिटी अध्यक्ष भक्तबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले स्वागत गरेका थिए ।