हिम पहिरोले पुरीदा पोखराका एक युवाको मृत्यु

कास्कीको अन्नपुर्ण गाउँपालिका ११ देउराली बेस क्याम नजिकै हिउँमा पुरिएर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पोखरा–५ स्थित पर्स्याङका १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको हो, उनि सँगै गएका पोखरा–११ का २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ का १८ वर्षीय निरञ्जन कोइराला घइते भएका छन् । घइतेको पोखरा मणिपाल अस्पतालमा उपचार भइरहेको छ दुवै जनाको अवस्था सामान्य रहेको गण्डकी प्रदेशको प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कास्कीको अन्नपूर्ण–११ स्थित देउराली बेस क्याम्पनजिक बुधबार उनीहरु सो क्षेत्र घुम्नका लागि गएका थिए हिउँको चट्टान फुटेर पुरिएपछि दुई जनाको उद्धार गरी पोखरा ल्याइएको हो ।