कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ स्थित धिताल पोखरीडाँडामा निर्माण गरिएको नौमती बाजा पार्क ।
ग्रामीण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको गाउँमा पर्यटन प्रवर्द्धनमा थप सहयोग पुर्याउन पार्क बनाइएको बताइन्छ ।

धितालमा दमाई समुदायको बसोबास छ । उनीहरूले नौमती बाजा पनि बजाउँछन् । यहाँका बाजा ‘राम्रो’ भनेर देशैभरि चर्चित छ । ३ सय किलोग्राम तामाको प्रयोगबाट ९ वटा बाजा बनाएर राखिएको छ ।
यसका लागि संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । मुस्ताङबाट कालीगढ ल्याएर बाजा बनाइएको हो ।








