असाेज २० गते २०७६

ताजा समाचार

असाेज २० गते २०७६

शाकाहारी भोजनका पनि यस्ता बेफाइदा



शाकाहारी खाना मुटुका बिरामीको समस्यालाई कम गर्न सक्ने भए पनि यसबाट ‘स्ट्रोक’ को समस्या बढ्ने एक अध्ययनले देखाएको छ । १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका मानिसमा गरिएको अध्ययनले यस्तो देखाएको हो । 

बेलायती ‘मेडिकल जर्नल’ मा प्रकाशित अध्ययनअनुसार एक हजार मांशाहारी भोजन गर्ने मानिसको तुलनामा शाकाहारी खाना खाने मानिसको मुटुको धमनीमा हुने समस्या १० जनामा हुने र प्रति हजार तीन जनामा उक्त समस्या देखिने जनाइएको छ ।

डाइट एक्सपर्टका अनुसार मानिस शाकाहारी वा मांशाहारी जे भए पनि स्वास्थ्यका लागि आवश्यक क्यालोरी उत्पादन गर्न सक्ने खाना खानुपर्छ । 

उक्त अध्ययनमा सहभागी आधा मानिस मांशाहारी थिए । उनीहरुले सन् १९९३ देखि २००१ सम्म उनीहरुमा अध्ययन गरिएको थियो । १६ हजार मानिस शाकाहारी थिए । जसमा ७.५ प्रतिशत मानिसले आफू ’फिसेटेरियन’ (माछा खाने) भएको बताएका थिए ।

उनीहरुलाई सन् २००१ मा उनीहरुको आहाराका विषयमा सोधिएको थियो । त्यसपछि सन् २०१० मा फेरि तीनै व्यक्तिहरुलाई अध्ययनमा सामेल गरिएको थियो ।

अध्ययनका क्रममा आहारामात्र नभएर उनीहरुको विगतदेखिको स्वास्थ्यस्थिति, धुम्रपान र शारीरिक गतिविधिलगायतको विषयमा अध्ययन गरिएको थियो । 

जसमा मुटुको धमनीसम्बन्धी समस्या भएका २८२० जना र स्ट्रोकको समस्यासम्बन्धी १०७२ मानिस भेटिए । तीमध्ये ३०० जनामा दिमागको नशा फुट्ने समस्या भेटिएको थियो ।

मांशाहारीको तुलनामा फिसेटेरियनमा मुटुको समस्यासँग सम्बन्धी १३ प्रतिशत जोखिम पाइयो । जबकी शाकाहारी खाना खाने मानिसमा २२ प्रतिशत जोखिम पाइयो ।

तर, शाकाहारी मानिसममा स्ट्रोकको समस्या २० प्रतिशत बढी पाइयो । शोधकर्ताका अनुसार भिटामिन बी१२ कमीको कारण हुनसक्ने बताइएको छ । उक्त अध्ययन अनुसार अधिक अध्ययन आवश्यक रहनेसमेत बताइएको छ । 

हामीलाई कस्तो खाना चाहिन्छ ? 

ब्रिटेश नेशनल हेल्थ सर्भिसको ‘इटेबल गाइड’ शाकाहारी र मांशाहारी मानिसहरुमा सन्तुलित आहारा आवश्यक हुने जनाइएको छ । 

– दिनमा कम्तिमा पनि पाँच किसिमका फल तथा सब्जी खानुपर्छ । 
– अधिक फाइबर र स्टार्च पाइने आलु, रोटी, भात र पास्ता खानुपर्छ 
– प्रोटिनयुक्त खाना खानुपर्छ, कम बोसो भएको मासु, माछा, समुद्री भोजन, दाल, सोयाबिन र बदाम खानुपर्छ ।
– दूध तथा यसको विकल्पमा अन्य दुग्धजन्य खानेकुरा खानुपर्छ ।
– चिनी र अधिक बोसो भएको खानेकुरा कम खाने ।-बीबीसी