ताजा समाचार

असाेज १९ गते २०७६

बाग्लुङ कालिका भगवती मन्दिरमा यस्तो भिड

नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत आज महाअष्टमीका दिन देशभरका शक्तिपीठ र देवीस्थानहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ ।

शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरूमा दुर्गादेवीको पूजाआराधना भइरहेको छ ।

यसैक्रममा बाग्लङको बाग्लुङ कालिका भगवती मन्दिरमा निकै घुँइचो लागेको छ । जसका कारण भक्तजन व्यवस्थापन गर्न निकै हम्मेहममे परेको मन्दिर व्यवस्थापन समितिक अध्यक्ष राजु खड्काले जानकारी दिए ।

उनका अनुसार आइतबार मात्र करिब ३० हजार भक्तजनले कालिका भगवतीको दर्शन गरेका छन् । यस मन्दिरमा बलि दिन रोकिएको छ ।

परेवा उडाउँन तथा पशु बलि दिनेले देवीको नाममा भाकल गर्न र पूजा गर्न भने मिल्ने अध्यक्ष खड्काले बताए ।

मन्दिरलाई थप व्यवस्थित तथा मन्दिर वरिपरि भौतिक संरचनाले सिंगारिएपछि भक्तजन बढ्दै गएको उनले बताए । मन्दिरमा मासिक तलव दिने गरी पूजारी नियुक्त गरिएको छ ।


Loading...