असाेज १७ गते २०७६

ताजा समाचार

असाेज १७ गते २०७६

मेयर जिसी र उपमेयर गुरुङद्धारा दशैंको शुभकामना व्यक्त



पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा सम्पूर्ण महानगरवासी, देश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

शुक्रबार शुभकामना सन्देश जारी गर्दै चाडपर्वहरु हाम्रा संस्कृति र पहिचान भएकाले दशैको मौलिकता झल्किने गरी विकृतरहित ढंगबाट चाडपर्व मनाउँदा नै संस्कृति तथा परम्पराको संरक्षण हुने बताएका छन् ।

‘सबै जातजातिका चाडपर्व र संस्कृतिको संरक्षणले नै हाम्रो एकता अझ मजबुत हुनका साथै सामाजिक सद्भाव र भाइचारा वृद्धि हुने सन्देशमा उल्लेख गरिएको छ ।

‘विकास र सुशासनको प्रत्याभूति गराउँदै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन विजया दशमीले हामी सबैलाई सकारात्मक सोचको विकास र उत्साह जगाउन सकोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं’, सन्देशमा भनिएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं