महानगरका फोहोर संकलन गर्ने कर्मचारी : दशैं खर्च भन्दै रकम अशुल्दै

पोखरा महानगरपालिकाको नीति के हो थाहा छैन । सायद महानगरपालिकाले फोहोर मैला करको नाममा प्रत्येक घरधनीसंग उठाउँछ ।

महानगरले फोहोर संकलन गर्ने कर्मचारी पनि तलव दिएरै राखेको होला । तर तिनै कर्मचारीले दशैं खर्च भन्दै धमाधम पैसा मारिरहेका छन् ।

ती कर्मचारीले प्रत्येक घरमा बस्ने घरधनी र बहालमा बस्नेसंग पनि रकम अशुलेका छन् । उनीहरूले प्रतिव्यक्ति कम्तिमा १ सय रुपैयाँ उठाएका छन् ।

त्यो रकम लिंदा कर्मचारीले रसिद समेत दिंदैनन् । त्यो रकम कहाँ पुग्छ पत्तो हुँदैन । यसरी रकम संकलन गर्ने हो भने करोर्डौं हुन्छ ।

यस विषयमा महानगरका मेयर मानबहादुर जिसीसंग सम्पर्क गर्दा रकम उठाउने नीति नभएको बताए । मेयर जिसीले फोहोर संकलन गर्न आउनेलाई दशैं खर्चको नाममा रकम नदिन आग्रह समेत गरेका छन ।