जथाभावी छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए

अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् ।
जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ ।ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको हो ।

छुरा प्रहार गर्नेको साथबाट छुरा बरामद गरिएको छ । छुरा प्रहार गर्ने र मृत्यु हुने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
किन छुरा प्रहार गरेको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । छुरा प्रहारबाट घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।