दशौं राजा छानिँदै, नगरपालिकाले राजालाई सद्भावना दुत बनाउने

असोज १६ गते लिगलिगकोटमा दशौं राजा छानिदै छन् । पालुंटार नगरपालिकास्थित लिगलिगकोटको दशौं राजा छान्नका लागि तयारी अन्तिम चरणमा पुगेको शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।

दौड जितेर राजा हुने इतिहासलाई निरन्तरता दिँदै लिगलिगकोटमा यस वर्ष दशौं राजा चुन्नका लागि तयारी भइरहेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने, ‘दौड जितेर राजा बन्ने इतिहास जोगाउन हामीले हरेक वर्ष दौड गर्ने गरेका छौं ।’

विगत दश वर्षअघिदेखि सुरुआत भएको प्रतियोगिता यस पटक असोज १६ गते हुन लागेको हो । पालुंटार नगरपालिका, नेपाली सेनाको रणसिंह दल गण र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा हुने दौडमा प्रथम हुनेलाई नगदसहित श्रीपेच पहिराएर राजा घोषित गर्ने प्रचलन छ ।

नेपालको उत्पत्ति भएको स्थान लिगलिगेकोट दौड जितेर राजा भएको परम्परालाई बचाइ राख्न वर्षैपिच्छे प्रतियोगिता हँुदै आएको छ । ‘खेलकुद पर्यटनमार्फत् हामी पालुंटारको पहिचानलाई देशविदेशमा प्रचार गर्न चाहान्छांै’ पालुंटार नगरपालिकाका प्रमुख दीपकबाबु कडेंलले भने, ‘यहाँको पर्यटन विकासका लागि संस्कृति र इतिहासलाई प्राथमिकता दिएर अघि बढेका हांै ।’

चेपे र मस्र्यादी नदीको दोभान चेपेघाटबाट सुरु हुने दौड ठाँटीपोखरी, बडडाँडा, सभाचौतारा, बिजुलेडाडाँ, खोल्डीगाउँ हुँदै ऐतिहासिक स्थल लिगलिगकोटको कोटगढीमा पुगेर सम्पन्न हुने चलन छ । १३ दशमलव ५ किलोमिटरको उक्त दौड पूरा गरेर जो पहिले पुग्छ उसलाई पहिलो पुरस्कारको साथमा राजा घोषणा हुँदै श्रीपेच पहि¥याइने आयोजकले जनाएको छ ।

त्यसका साथै राजालाई १ रात लिगलिगमै राखेर बजार परिक्रमासमेत गराइने छ । दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा ६० हजार १ सय रुपैयाँ पुरस्कार दिइने छ भने दोस्रो हुनेलाई नगद ३५ हजार १ सय, तेस्रो हुनेलाई २५ हजार १ सय, चौंथोलाई १५ हजार १ सय, पाँचौं हुनेलाई १० हजार १ सय प्रदान गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।

त्यस्तै छैटौंदेखि दशौंसम्मका विजेताका लागि क्रमश ७ हजार १ सय, ५ हजार १ सय, ४ हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिने आयोजकले बताएको छ ।

दशौं राजा लिगलिगका सद्भावना दुत
यस वर्षदेखि राजा चुनिनेलाई पालुंटार नगरपालिकाले सद्भावना दुतका रुपमा नियुक्त गर्ने तयारी गरेको छ । पहिलो पटक दशौं राजालाई १ वर्षका लागि दुतका रुपमा नियुक्त गर्ने तयारी गरिएको नगरप्रमुख दीपकबाबु कडेंलले बताए । ‘पहिला हामी राजा मात्रै घोषित गथ्र्यौं, अब नगरपालिकाले नै लिगलिग एम्बेस्डर नियुक्त गर्छ’ उनले भने, ‘दुतले वर्षभरि पालुंटार र लिगलिगको प्रचारमा सहयोग पु¥याउनुहुन्छ भन्ने हाम्रो विश्वास हो ।’