सिंगापुरविरुद्ध कप्तान पारसको अर्धशतक

कप्तान पारस खड्काले जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजमा घरेलु टोली सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
 
१ सय ५२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान खड्काल अर्धशतक पूरा गरेका हुन् । 

इन्डियन एसोसियसन मैदानमा आरिफ शेखसँग मिलेर नेपालको इनिङस सम्हालिरहेका पारसले ३० बलमा ४ चौका र ४ छक्का प्रहार गरेका छन् । 

पारससँगै इनिङ्मा आएका इशा पहिलो विकेटका रुपमा बाहिरिएपछि उनले आरिफसँग मिलेर नेपालको इनिङस सम्हालिरहेका छन् ।