ताजा समाचार

भाद्र २५ गते २०७६

लायन्स फुटबल प्रतियोगितामा खेलाडीको विमा

लायन्स अन्तर सेभेन ए साईड फुटबल प्रतियोगितामा सहभागि खेलाडीहरुको दुर्घटना विमा गरिएको छ । खेलाडीको सामुहिक दुर्घटना विमा गरिएको खेलकुुदमा यो पहिलो हो । लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म पोखरामा हुने छैटौँ अन्तर लायन्स सेवेन ए साइड फुटबल प्रतियोगिता–२०७६ मा सहभागि हुने लायन्स खेलाडीलाई सामुहिक दुर्घटना विमा गराइएको हो ।

अन्तर लायन्स फुटवल प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो पटक खेलाडीको विमा गर्दै प्रायोजन गरिदिएको हो । बुधबार सगरमाथा इन्स्योरेन्सका सहायक महाप्रवन्धक कविराज पौडेल र आयोजक, लायन्स फुटवल प्रतियोगिताका संयोजक एवं क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारी बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । खेल सञ्चालनको क्रममा खेलाडी, रेफ्री र अफिसियल दुर्घटना भएमा ५ लाख रुपैयाँसम्मको विमा गरिएको छ । दुर्घटनाको कारणले औषधोपचार गर्न परेमा बिमाङ्क रकमको १० प्रतिशतले नबढ्ने गरी ५० हजार रुपैयासम्मको आवश्यक तथा वास्तविक औषधोपचार खर्च लिन सकिने इन्स्योरेन्स कम्पनीका सहायक महाप्रवन्धक पौडेलले जानकारी दिएका छन् ।

विमा कम्पनीबाट जारी भएको विमा लेखको लाभ तालिकाको क देखि गसम्म र ङ समेतमा उल्लेखित लाभ लिन सकिने छ । क–मा मृत्यु भएको अवस्था, ख–अंगभंग भएको अवस्था उपचारको खर्च, ग–आखाँको दृष्टि गुमे, हात वा खुट्टामा गम्भीर चोट लागेमा, कानको सुन्ने शक्ति पूर्णरुपमा क्षतिमा, हात र खुट्टाका औंलामा क्षति भएमा । तीन दिने प्रतियोगिताको लागि ९० खेलाडी, ३ जना रेफ्री र ७ जना अफिसियलको विमा गरिएको छ ।

लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न लायन्स क्लबहरुबीचमा आपसी भाइचारा एवं सम्बन्ध प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । उनका अनुसार डिष्ट्रिक्ट ३२५ बी १ मा मात्र सिमित रहेको प्रतियोगिता यसबर्ष देखि मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालअन्तर्गत चारवटै डिष्ट्रिक्टका लायन्स क्लबहरुलाइ आमन्त्रण गरिएको छ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई रु ४० हजार ५५५, र रु २५ हजार ५५५ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वा्धिक गोल कर्ता, उत्कृष्ठ डिफेन्स र उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष अर्जुन सिग्देलले जानकारी दिए । प्रतियोगिताबाट बचेको रकम मानवीय सेवाका कार्यमा खर्चनुका साथै पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरी चिनाउने प्रयास गरिने अध्यक्ष सिग्देलले बताए । प्रतियोगिता सम्पन्न गर्न क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारीको संयोजकत्वमा २५ वटा बिभिन्न उपसमिति गठन गरिएको छ ।

kheladinews.com


Loading...