ताजा समाचार

भाद्र २१ गते २०७६

चन्द्रयान-२ असफल भएपछि मोदीले हाने साहित्यिक झटारो

भारतले चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको ‘विक्रम ल्याण्डर’लाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष संस्थान ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन’ (इसरो)मा राष्ट्रको नाममा सम्बोधन गरेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार विहान इसरो पुगेर वैज्ञानिकहरुसँग भेटघाट गरेका थिए । 

उनले देशको नाममा सम्बोधन गर्दै आफ्नो अन्तरिक्ष वैज्ञानिकलाई चन्द्रयान–२ अन्तिम समयमा सम्पर्कविहिन भएको र त्यसमार्फत पूर्वनिर्धारित लक्ष हासिल नभएकोमा चिन्तित नहुन आग्रह गरेका छन् । 

उनले भने ‘हामीले हिँडेको यात्रा अन्तिम समयमा रोकिएको भए पनि उदेश्यबाट विचलित भएको छैनौं । हामीले चन्द्रमाको सतहमा योजनाअनुरुप टेक्न सकेनौं । यदि कुनै साहित्यकारले यसबारे लेख्थ्यो भने भन्थे होलान्, चन्द्रयान चन्द्रमालाई अंगालो हाल्न हतारियो तर यसले चन्द्रमालाई आलिंगनमा लिन नसके पनि इच्छाशक्ति भने थप मजबुत बनाएको छ ।’


Loading...