ताजा समाचार

भाद्र २० गते २०७६

जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको निधन

जिम्बाबेका चर्चित पूर्व राष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा आज शुक्रबार निधन भएको छ । उनी स्वास्थ्यसम्बन्धी विभिन्न समस्या झेलिरहेका थिए । उनको सिंगापुरको एक अस्पतालमा गएको अप्रिलदेखि उपचार भइरहेको थियो । 

उनको परिवारले बीबीसीसँगको कुराकानीमा मृत्युको पुष्टि गरेको छ । उनी नोभेम्बर २०१७ मा सैनिक कू मार्फत् पदबाट हटाइएका थिए । त्यसपछि उनको तीन दशक लामो सत्ताको अन्त्य भएको हो । 

उनले जिम्बाबे स्वतन्त्र भएपछिको पहिलो निर्वाचन जितेका थिए । उनी सन् १९८०मा प्रधानमन्त्री भएकोमा त्यसपछि सो पद नै खारेज गरेर सन् १९८७ देखि राष्ट्रपति भएका थिए ।

 जिम्बाबेका शिक्षा सचिव फडजायी माहेरेले ट्विट गर्दै ‘रेस्ट इन पिस रोबर्ट मुगाबे’ लेखेका छन् । उनी २१ फेब्रुवरी १९२४मा जन्मेका थिए । (बीबीसी)


Loading...