ताजा समाचार

भाद्र १८ गते २०७६

प्रियंका चोपडालाई किन गरियो ट्रोल

नायिका प्रियंका चोपडाले इन्स्टाग्राममा श्रीमान् निक जोनसको उमेर गलत लेखेपछि ट्रोलको शिकार भएकी छिन् ।

वास्तवमा, नायिकाले निकसँगको एउटा फोटो सेयर गर्दै उनलाई टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिइन् । उनले लेखेकी छिन्, ‘तपाईंमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाईं आफ्नै टिकलाको मालिक हुनुहुन्छ ।’

पोस्ट हेरेपछि थुप्रै इन्स्टा प्रयोगकर्ताले उनलाई निकको उमेर २७ नभई २६ भएको याद दिलाए ।

मानिसहरुले गरे यस्तो कमेन्टः एक प्रयोगकर्ताले लेखे, ‘उनी अहिले २६ वर्षमा छन्, २७ होइनन् ।’


Loading...