धुम्रपानको सेवनबाट वर्षेनी विश्वमा धेरै मानिसले ज्यान गुमाउँछन् ।
धुम्रपान सेवनलाई नियन्त्रण गर्न सरकारले विभिन्न नीति नियम तथा योजना बनाइएर कार्यान्वयन गरिरहेको भए पनि धुम्रपान गर्नेको संख्यामा कमि आएको छैन ।
कैयौं व्यक्तिहरूले धुम्रपानको लतबाट हट्न धेरै प्रयास गरिरहेपनि सफल हुँदैनन् । धुम्रपानको कुलतबाट कसरी छुटकारा पाउने ?
उपाय निम्न छन् :
१. बिहान उठ्नासाथ २ गिलास मनतातो पानी कागती र मह राखेर पिउनाले धुम्रपानको लत हटाउन सकिन्छ ।
२. जब धुम्रपानको चाहना हुन्छ त्यसलाई नियन्त्रण गर्नु एकदमै आवश्यक छ ।
३. धुम्रपान गर्ने चाहना लागेको समयमा आरामसँग बसेर लामो श्वास तान्नुहोस्, र पानी पिउनुहोस । यसले तपाइँलाई धुम्रपानबाट टाढा पुर्याउँछ ।

४. अदुवा, अमला र काँक्रोलाई मसिनो गरी काटेर सुकाउनुहोस र त्यसमा कागती, नुन राखेर बट्टा सधैं आफूसँग राख्नुहोस । जब चुरोट पिउन मन लाग्छ, त्यस समयमा यस पेस्टको प्रयोग गर्न सक्नुहुन्छ ।
५. चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ । -एजेन्सी




