बहामासमा इतिहासकै सबैभन्दा शक्तिशाली समुद्री आँधी

क्यारिबियन टापू बहामासले शक्तिशाली आँधी भोगेको छ । उक्त आँधीलाई बहामासको इतिहासको सबैभन्दा ठूलो आँधी बताइएको छ । 

२८५ किमी प्रति घण्टासम्मको तीव्रता पुगेको डोरियन आँधी आन्द्र महासागरमा आएका आँधीको मापन राख्न थाले यताको दोस्रो सबैभन्दा तीव्र आँधी हो ।

आँधी विस्तारै पश्चिमतर्फ अघि बढिरहेको छ र यो आँधी अमेरिकी राज्य फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना र साउथ क्यारोलिनालाई असर गर्नेछ । अमेरिकी सरकारले आफ्नो देशका ती राज्यमा संकटकाल घोाणा गरिसकेको छ । 

नेसनल हरिकेन सेन्टरले जीएमटी समयअनुसार बिहान ३ बजे डोरियन ग्य्राण्ड बहामाको पूर्वी किनारमा देखिएको थियो ।

त्यसअघि नै आँधी अबाको टापूभित्र पसिसकेको थियो ।  दुवै टापूहरु बहामास टापू श्रृङ्खलाको उत्तरतर्फ पर्छ । ग्य्राण्ड बहामा अमेरिकाको फ्लोरिडाको समून्द्री किनाराबाट जम्मा सय किमी टाढा पर्छ ।