ताजा समाचार

भाद्र १३ गते २०७६

कन्या क्याम्पसमा तीजगीत प्रतियोगिता

कन्या क्याम्पस पोखराले शुक्रबार तीजगीत प्रतियोगिता आयोजना गरेको छ । मानबिकी संकायतर्फबाट बिना बरालको समूह प्रथम, ब्यबस्थापन सङकायको तर्फबाट दुर्गा परियारको समूह द्धितीय, बि बि एस तेस्रो बर्षका दुर्गा सुबेदीको समूह तृतीय र 10+2 ब्यबस्थापन नेपाली समूह पुजा लामिछानेको समूह सान्त्वना भएका छन् ।

कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष शिव मल्लले संस्कृति जगेर्ना गर्न युवा र विद्यार्थीको महात्वपूर्ण भूमिका रहने बताए । निर्णायक मण्डलमा साहित्यकार एवं गायिका अम्बिका भण्डारी र प्रा दिलानाथ अधिकारी र लक्ष्मी सापकोटा थिए ।

क्याम्पस प्रमुख सुरेस मानन्धरको अध्यक्षमा भएको कार्यक्रममा सञ्चारकर्मी कविता श्रेष्ठले पनि बोलेकी थिइन् ।


Loading...