भाद्र ६ गते २०७६

ताजा समाचार

भाद्र ६ गते २०७६

श्रीलङ्कामा चार महिना लामो सङ्कटकाल अन्त्य



एजेन्सी– श्रीलङ्कामा चार महिनादेखि जारी रहेको सङ्कटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ ।  इस्लामिक अतिबादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले सङ्कटकालको घोषणा गरेको थियो ।

त्यस आक्रमणमा परी २ सय ५८ जनाको मृत्यु भएको थियो । सो आतङ्ककारी हमलापछि श्रीलङ्काको राजधानी कोलम्बोमा असुरक्षाको अवस्था महसुश भएको थियो ।  गत अप्रिल २१ मा श्रीलङ्काका तीनओटा होटल र तीन ओटा चर्चमा भएको भीषण आक्रमणपछि   राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सङ्कटकाल घोषणा गरेका थिए । राष्ट्रपति सिरिसेनाको कार्यालयले बिहीबारबाट यहाँ सङ्कटकालीन अवस्था हटाइएको जानकारी गराएको हो ।

उक्त सङ्कटकालीन अवस्थाको समय बिहीबार सकिएको भए पनि राष्ट्रपति सिरिसेनाले समयावधि नबढाएको जानकारी उक्त कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । श्रीलङ्काका पर्यटनमन्त्रीले गत हप्तामात्र पनि यहाँ सङ्कटकालीन अवस्था लम्ब्याउन आवश्यक नरहेको विषयमा आफ्नो सार्वजनिक धारणा राखेका थिए ।

श्रीलङ्कामा सङ्कटकालीन अवस्थाका कायम रहँदा पर्यटन व्यवसाय पनि सङ्कटमा परिरहेको भन्दै राज्य व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन पर्यटनमन्त्री तथा पर्यटन व्यवसायीहरुले आग्रह गर्दै आएका थिए ।

उक्त आतङ्ककारी आक्रमणमा सहभागीहरुलाई पक्राउ गर्नका लागि कोलम्बो प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।  तर ती आक्रमणमा संलग्नहरु मारिएका या पक्राउ परिसकेका प्रहरीले जनाएको छ । आक्रमणको जिम्मा लिने जिहादीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । –एएफपी


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं