ताजा समाचार

भाद्र ६ गते २०७६

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान गरेका छन्। बेलायतमा तमु धिं युकेको आयोजनामा हुने नेपाली मेलामा सहभागी हुन् मुख्यमन्त्री गुरुङ श्रीमतीसँग शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिका रुपमा त्यसतर्फ गएका हुन । गुरुङका स्वकीय सचिव सूर्यप्रसाद गुरुङका अनुसार मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथि हुनेछन्। बेलायत बसाइको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएन बेलायतसहित विभिन्न नेपाली समुदायको गर्ने कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम छ। 

बेलायत बसाइको क्रममा एनआरएन नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउन आफ्नो भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए। मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ। 


Loading...