ताजा समाचार

भाद्र ४ गते २०७६

भारतका पूर्वगृहमन्त्री पक्राउ (भिडियोसहित)

भारतका पूर्वगृहमन्त्री पी चितम्बरम पक्राउ परेका छन्। उनी कांग्रेसका वरिष्ठ नेता हुन् ।

चितम्बरमलाई बुधबार राति सीबीआईले घरबाटै पक्राउ गरेको हो। चितम्बरमलाई भ्रष्टाचार लागेको छ। पक्राउ गर्नुपहिले उनले दिल्लीस्थित कांग्रेसको मुख्यालयमा पत्रकार सम्मेलन गरेका थिए। उनले आफू कानुनबाट भाग्न नभइ कानुनको शरणमा जान चाहेको बताएका थिए। दिल्ली हाइकोर्टले यसअघि चितम्बरमलाई अग्रिम जमानत दिन अस्वीकार गरेको थियो।

सीबीआई उनलाई खोजिरहेको थियो। तर २७ घण्टासम्म भेट्न सकेको थिएन। त्यसपछि उनका वकील सुप्रिम कोर्ट पुगेका थिए। जहाँ उनको निवेदनमाथि शुक्रबार मात्रै सुनुवाई हुने छ। पक्राउको विरोधमा कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका थिए।


Loading...