ताजा समाचार

भाद्र ४ गते २०७६

लभ गर्ने तरिका जान्न चाहनुहुन्छ ?

हाम्रो जीवनमा कुनैपनि सम्बन्ध अति महत्वपूर्ण हुन्छ । यीनै सम्बन्धहरुमा श्रीमान्-श्रीमतीको सम्बन्ध सबैभन्दा विशेष र नजिक हुन्छ ।

भनिन्छ, श्रीमान्-श्रीमती शरीर दुई तर आत्मा एक हुन् । जीवनरुपी गाडी यीनै दुई पाङ्ग्राको सहायतामा चल्ने गर्छ । त्यसैले दम्पत्तिले एक-अर्काको सम्बन्धमा प्रेम, साथ र सहयोग दिनु अति आवश्यक हुन्छ ।

पुरुषको तुलनामा महिलाहरु धेरै भावुक हुन्छन् । उनीहरुमा साना-ठूला तथा राम्रा-नराम्रा कुराको छिट्टै प्रभाव पर्छ । तर तीनै महिलाको भित्री मन पुरुषको तुलनामा अति नै बलियो हुन्छ ।

त्यसैले उनीहरु ठूलाभन्दा ठूला पीडा पनि सहन सक्छन् र कसैलाई यसको बारेमा थाहासमेत हुन दिँदैनन् । आफ्नो श्रीमानलाई समेत कतिपय कुराहरु बताउँदैनन् । तर दाम्पत्य जीवनमा माया-प्रेम यथावत राख्नका लागि एक-अर्कालाई हरेक कुरा बताउनु आवश्यक छ ।

श्रीमान्-श्रीमतीको सम्बन्ध एउटा राम्रा साथीको जस्तो हुनु पर्छ । केवल श्रीमतीमात्र होइन श्रीमानले पनि हरेक कुरा श्रीमतीलाई बताउनु आवश्यक हुन्छ । यदि तपाईं संयुक्त परिवारमा रहनु हुन्छ भने आफ्नो परिवारका सदस्य र आफ्ना श्रीमतीलाई गर्नुपर्ने व्यवहार राम्रोसँग बुझ्नु पर्छ ।

जसरी तपाईं आफ्ना आमा-बुबा र भाइ-बहिनीसहित अन्य सदस्यलाई मान-सम्मान र माया गर्नु हुन्छ, त्यस्तै माया-प्रेम र सम्मान श्रीमतीलाई पनि दिनु पर्छ । त्यस्तै श्रीमतीले पनि श्रीमानको भावना बुझ्नु पर्छ, उनले श्रीमानलाई परिवारको कर्तव्य पूरा गर्न सहयोग गर्नु पर्छ । आफ्नो बारेमा मात्र सोच्ने जस्ता कार्य गर्नु हुँदैन ।

अधिकांश प्रेम विवाहमा श्रीमान्-श्रीमतीबीचमा साथीको जस्तो व्यवहार हुन्छ, तर त्यही व्यवहार परम्परागत अर्थात मागी विवाहमा हुँदैन भन्ने सोचाइ अधिकांश दम्पत्तिहरुको हुन्छ । यद्यपि, विवाह जस्तो भएतापनि श्रीमान्-श्रीमतीबीच सामञ्जस्य भैरहनु नै सफल वैवाहिक जीवनको मूल मन्त्र हो । यदि दम्पत्तिबीच एक-अर्काप्रतिको हरेचाह र माया बराबर हुने हो भने श्रीमान्-श्रीमतीलाई राम्रो साथी बन्न प्रेम अथवा मागी, जस्तो प्रकारको विवाहमा पनि कुनै फरक पर्दैन ।


Loading...